जोडिनुहोस
  • होमपेज
  • तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख

तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख

पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ ।

शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो । प्रदर्शनमा उत्रिएकाहरू र नगरपालिकाको कार्यालयका उपप्रमुख फूलकुमार थनेतसहितको उपस्थितिमा भएको वार्तामा १० बुँदे सहमति जुटेको हो ।

सहमतिअनुसार आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ । माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ ।

जसमा प्रतिपरिवार मृतकका बालबच्चाको नाममा ५ लाख रुपैयाँ मुद्दती खाता खोली जम्मा गरिदिने सहमति भएको छ । त्यसैगरी राहतस्वरुप प्रतिपरिवार ५ लाख रुपैयाँ पनि नगरपालिकाले दिने भएको छ । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप जनही ५ हजार रुपैयाँ पनि दिने भएको छ ।

त्यस्तै मृतक महिलाका परिवारका सदस्यमध्ये एकजनालाई रोजगारी दिन पनि नगरपालिका तयार भएको छ। अर्को सहमतिअनुसार नगरपालिकाले मृतकका बालबच्चालाई पढाइका लागि १२ कक्षासम्म शैक्षिक सामग्री पनि दिने भएको छ ।

के भएको थियो ?

बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका थिए। प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका