जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल

आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मे दिन सामान्य छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पेट सम्बन्धी रोगले सताउने खतरा छ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक संगठनमा साथीले साथ दिँदा सेवाका अवसर मिल्नेछन्।

वृषः बोलीलाई नियन्त्रण गर्नुपर्ने दिन छ। तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन्। उपचारकोक्रममा भए तपाईंलाई लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

मिथुनः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन्। मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

कर्कटः दिन सामान्य छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः दिन राम्रो छ। आफन्तले साथ दिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ।

कन्याः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः संगठनका साथीबाट असहयोग हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन सहज छ। मन खुशी हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर छ।

धनुः दिन सहज छ। मनमा शान्ति मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ। परिवारमा भने विवादको जोखिम छ।

मकरः सल्लाहकारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। शारीरिक रुपमा फूर्ति देखिनुहुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ।

कुम्भः आम्दानी बढ्नेछ। मन अशान्त बन्नसक्छ। बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ। हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः मनमा खटपटी हुनसक्छ। खानमा रुचि नबढ्ने देखिन्छ। शिक्षामा गरेको लगानीले राहत मिल्नेछ। साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। जागेरे हुनुहुन्छ भने बढुवा हुने योग छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options