
काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८स्३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो ।
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९स्३० बजेदेखि ११स्३० सम्म खुला गरिँदै आएको थियो।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।