जोडिनुहोस
  • होमपेज
  • मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गरिने

मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गरिने

काठमाडौं। निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।

मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालद्धारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help