जोडिनुहोस
  • होमपेज
  • कालिकोटमा प्रभु बैंकको ३०५औँ शाखा सञ्चालन

कालिकोटमा प्रभु बैंकको ३०५औँ शाखा सञ्चालन

काठमाडौं– प्रभु बैंकले आजदेखि कालीकोट खाडाचक्र नगरपालिका, वडा नं.०१ स्थित मान्मामा ३०५औँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

बैंकको मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहक छन् ।

धेरै टिप्पणी गरिएका