जोडिनुहोस
  • होमपेज
  • भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो ।

शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको बताए ।

शव सशस्त्र प्रहरी बल गोताखोरको टोलीले निकालेको हो । अत्यधिक गर्मी भएपछि उनीहरू गर्मी छल्नका लागि भेरी नदी पुगेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका