जोडिनुहोस
  • होमपेज
  • भारतीय नागरिक सुनसहित पक्राउ

भारतीय नागरिक सुनसहित पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारेको प्रहरीले जानकारी दिइएको छ । करिब ८९ ग्रामको सुनको ब्रासलेट १ थान र सिक्री १ थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे आवश्यक कारबाहीको लागि महेश्वरीलाई भन्सार कार्यालय बुझाइने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका