जोडिनुहोस
  • होमपेज
  • नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : डा. वाग्ले

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । उक्त कार्यक्रमका निम्ति बजेटको व्यवस्था नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

“यसपालि फन्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ – नयाँ चरणको आर्थिक सुधार,” उनले भने, “त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु ।”

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन आग्रह गरे । रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

“प्रतिफलको प्रत्याभूतिसहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेन्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन,” उनले भने, “लागत घटाउनुपर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो ।”

उपसभापति वाग्लेले क्लाइमेट फाइनान्स नै अबको विकास फाइनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका