जोडिनुहोस
  • होमपेज
  • सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त

सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन् । परिषद् सदस्यसमेत रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई असार १ मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राउतलाई नियुक्त गरिएको हो ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त राउत प्रधानन्यायाधीश बन्ने दौडमा छन् । प्रधानन्यायाधीश श्रेष्ठले आगामी १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिँदैछन् । त्यसपछि प्रधानन्यायाधीश बन्ने करिब निश्चित छ ।

असोजमा नियुक्त भएमा राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीशमा रहनेछन् । न्यायाधीश हुनुअघि राउत अधिवक्ता थिए । उनले सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षका रुपमा पनि काम गरेका छन् । राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका