जोडिनुहोस
  • होमपेज
  • पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान

पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् ।

सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवर्द्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो ।

यसैगरी एसियाली खेलकुदमा कांस्य जित्ने महिला कबड्डी टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार गरी कूल ५२ लाख रुपैयाँसहित सम्मानित गरिएको थियो । यस्तै, टी–२० विश्वकपमा छनोट गराउने नेपाली क्रिकेट टोलीलाई पनि सम्मानित गरिएको छ । टोलीका प्रत्येक सदस्यलाई १३ लाख रुपैयाँ प्रदान गरिएको छ । यसरी नेपाली क्रिकेट टोलीले कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका