जोडिनुहोस
  • होमपेज
  • सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ ।

तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीहरु दोस्रो चरणका आन्दोलनमा छन् । उनीहरुले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका थिए ।

उनीहरुले यही असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन चेतावनी समेत दिएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग राखेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका