जोडिनुहोस
  • होमपेज
  • भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ ।

गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ ।

हेजियाङ नदीको हेझाउ हाइड्रोलोजिक स्टेशनले एक दशकमा सबैभन्दा ठूलो बाढीको रिपोर्ट गरेको छ ।शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म हेची, लिउझाउ, युलिन, हेझाउ र बाइसेलगायत गुआङ्सीका करिब आधा दर्जन प्रान्त–स्तरका सहरमा भारी वर्षा भएको छ ।

हेची सहरको एउटा टाउनशिप र लिउझाउ शहरको अर्को स्थानमा दिनभरि करिब एक सय ४० मिलिमिटर वर्षा भएको थियो । आगामी २४ घण्टामा कतिपय स्थानीय नदीमा पानीको बहाव एक मिटरसम्म बढ्ने पनि केन्द्रले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका