जोडिनुहोस
  • होमपेज
  • पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो । नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्प लगायतका पेट्रोल पम्पमा लागेको सर्वसाधारणको भीडका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

धेरै टिप्पणी गरिएका