जोडिनुहोस
  • होमपेज
  • ६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसित नेपाली नागरिकता रहेको पाइएको छ । गए राति (असार २) काठमाडौंको बौद्धबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् । उनका साथबाट ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको एसपी बोगटीले जानकारी दिए ।

उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको सीआईबी स्रोतले जानकारी गराएको छ । उनले तत्कालीन लोमङथान गाविस वडा नम्बर–५ बाट नागरिकता लिएको देखिएको छ । प्रहरीका अनुसार, पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका