जोडिनुहोस
  • होमपेज
  • बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका काम-कारबाही समग्रमा सन्तोषजनक र राम्रो रहेको भन्दै अझै गति दिनुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको पनि उनले बताए । उनले बजेटप्रति ओलीले पोखेको असन्तुष्टिमा सत्यता नभएको पनि बताए ।

ओलीले आगामी वर्षको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’ मात्रै गरेको दाबी दाहालले गरे । ‘उहाँले असन्तुष्टि पोखेजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन। उथलपुथल गर्ने बेला भएको छैन। यो समीकरण जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन’, उनलभ ने ।

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटबारे एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे । दाहालले समीकरण राम्रैसँग अघि बढिरहेकाले अहिले नै उथलपुथल गर्ने समय नभएको बताएका छन् ।

‘अहिलेको समीकरण राम्रैसँग अगाडि जान्छ । उथलपुथल गर्ने बेला भएको छैन’, उनले पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा भने । प्रधानमन्त्रीले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको बताए । अहिले परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी उनले दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे प्रधानमन्त्रीले त्यसलाई अनौठो नमानेको बताए । उनीहरूले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको जवाफ दाहालले दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका