
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन सोमबार पनि आजकै मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँ बढेर तोलामा १८ सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।