जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको महाधिवेशन : मतदाता नामावली प्रकाशन गरिँदै

एकीकृत समाजवादीको महाधिवेशन : मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनका निम्ति आज साँझ मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका निम्ति मनोनयन दर्ता, उमेदवारहरूको सूची असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उमेदवारविरुद्ध उजुरी दिने, छानबिन गर्ने, उमेदवारको नामावली पनि सोही दिन प्रकाशन गरिनेछ ।

बुधबार नै उमेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्नेछ ।

देशभर एक लाख ५० संगठित सदस्य रहेको पार्टीले १२५ संगठित सदस्यबराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा संगठित सदस्यमध्ये करिब एक हजार ८०० प्रतिनिधि छनोट गरिनेछ ।

महाधिवेशनका निम्ति केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्य स्वतः प्रतिनिधि छनोट गरिनेछ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ ।

पार्टीनिकट जनवर्गीय संगठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि संख्या निर्धारण गरिएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका