जोडिनुहोस
  • होमपेज
  • सरकारले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्‍यो : सांसद कार्की

सरकारले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्‍यो : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइन् । उनले सो अस्पतालमा आईसीयु र डाईलासिस सेवा तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् । सांसद कार्कीले असार मसान्तमा आएर जथाभाबी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराइन् । कार्कीले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्न नहुने बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका