जोडिनुहोस
  • होमपेज
  • किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

धनकुटा । १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

धेरै टिप्पणी गरिएका