जोडिनुहोस
  • होमपेज
  • सांसद कार्कीको दाबी : सरकार असफल भइसक्यो

सांसद कार्कीको दाबी : सरकार असफल भइसक्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेकी छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताइन् ।

उनले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताइन् । उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने बताइन् । उनले रसियामा बन्धक नेपालीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका