जोडिनुहोस
  • होमपेज
  • आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन

आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकसँग विवाह गरेका हजारौँ कागजातविहीन आप्रवासीलाई सहुलियत दिने खालको कार्यक्रम ल्याउने तयारी गरेका छन् । राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा केही समयअघि उनले यस्तो तयारी गरेका हुन् ।

उनको यो योजनाका बारेमा जानकार दुई फेडरल अधिकारीले बताएअनुसार अब अमेरिकी नागरिकका कागजातविहीन पति वा पत्नीले अमेरिका छोड्नुपर्ने छैन । पहिला अवैध रूपमा छिरेका त्यस्ता व्यक्तिले कम्तीमा १० वर्ष आफ्नो देशमा गएर फेरि अमेरिका आउन आवेदन दिनुपर्ने र त्यो स्वीकृत नहुन पनि सक्ने अवस्था थियो ।

त्यति बेला आफ्नो पति वा पत्नी र बालबालिका अमेरिकामा नै रहेर परिवारबाट टाढा हुनुपर्ने अवस्था थियो । अब ग्रीनकार्ड वा नागरिकताका निम्ति उतै बसेर पनि आवेदन गर्न सकिने व्यवस्था गर्न लागिएको हो । त्यसो गर्दा परिवारसँग छुट्टिनु नपर्ने र खाइरहेको जागिर पनि छोड्नु नपर्ने जनाइएको छ ।

यो नीतिगत परिवर्तन नोभेम्बरमा हुन लागेको चुनावअघि डेमोर्क्र्याटिक राष्ट्रपतिको साहसिक कदम मानिएको छ ।अमेरिकीसँग विवाह गर्नु अमेरिकी नागरिकताका निम्ति ‘फास्ट ट्रयाक’को बाटो मान्ने गरिन्छ । तर, जो अवैध रूपमा अमेरिका छिरेका छन्, उनीहरूका लागि प्रशासनिक बाधा हुन्थ्यो । यसले गर्दा केही वर्षसम्म अलमल हुने गरेको थियो ।

संघीय कानुनमा यस्ता आप्रवासीले करिब १० वर्ष अमेरिका छोड्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थाबाट पाँच लाख ‘अनडकुमेन्टेड’ पति वा पत्नी र ५० हजार कागजातविहीन बालबालिका लाभान्वित हुन सक्ने जनाइएको छ । वासिङटन पोस्टबाट ।

धेरै टिप्पणी गरिएका