जोडिनुहोस
  • होमपेज
  • धरौटीमा रिहा भए थाक्सिन सिनावात्रा

अन्तर्राष्ट्रिय

धरौटीमा रिहा भए थाक्सिन सिनावात्रा

धरौटीमा रिहा भए थाक्सिन सिनावात्रा

बैंकक । थाइल्यान्डका प्रभावशाली पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा भएका छन् । सन् २०१५ मा एउटा अन्तरवार्तामा राजसंस्थाबारे गरेको टिप्पणीलाई लिएर उनीमाथि मुद्दा चलाइएको थियो । ५ लाख थाई भाट धरौटी तिरेर उनी रिहा भएका छन् । मुद्दा चलाउनु अघि हिरासतमा बस्नु पर्ने स्थितिमा उनी धरौटीमा रिहा भएका हुन् । राहदानी बुझाएर अदालतको अनुमति बिना थाइल्यान्ड नछोड्ने सर्तमा उनी रिहा भएको बताइएको छ ।

फरार हुने, प्रमाणमा छेडछाड नगर्ने, हानिकारक कार्यमा संलग्न नहुने वा न्यायिक कारबाहीमा अवरोध नगर्ने आश्वासन दिएपछि उनलाई धरौटी दिने निर्णय गरिएको हो । थाइ राजतन्त्रको बदनाम गरेको अभियोगमा थाक्सिन सिनावात्राविरुद्ध मंगलबार औपचारिक मुद्दा दर्ता भएको थियो । थाई राजनीतिलाई अस्थिर बनाउने धेरै अदालती मुद्दाहरू मध्ये यो पनि एक हो । थाइल्यान्डमा राजतन्त्रलाई बदनाम गर्नबाट रोक्न बनेको कानुनअनुसार कुनै पनि व्यक्तिलाई तीनदेखि १५ वर्षसम्म जेल सजाय हुन सक्छ । यो कानुन संसारको सबैभन्दा कठोर कानुनमा पर्दछ ।

१८ वर्षअघि थाई राजनीतिबाट हटाइएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा अझै पनि देशको प्रभावशाली राजनीतिक व्यक्तित्व हुन् । उनलाई थाइल्यान्डको सबैभन्दा सफल निर्वाचित नेता मानिन्छ । कूमार्फत सत्ताबाट हटाइएपछि उनलाई प्रतिबन्ध पनि लगाइएको थियो ।

धेरै टिप्पणी गरिएका