जोडिनुहोस
  • होमपेज
  • काम गर्नु छैन भने राजीनामा दिएर निस्कौँ, खल्तीमा लिएर नहिँडौँ : सांसद झा

काम गर्नु छैन भने राजीनामा दिएर निस्कौँ, खल्तीमा लिएर नहिँडौँ : सांसद झा

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिँड्न आग्रह गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन् । उनले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताइन् । मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन् ।

“गृहमन्त्रीलाई अस्ति एनजीओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र, गृहमन्त्रीले सय दिनको समीक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो काम पनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु,” उनले भनिन्, “कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो । त्यो राम्रो कुरा होइन । यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस् ।”

उनले राजदूतको पदलाई राजनीतिक भागबन्डा गर्नु नहुने बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका