जोडिनुहोस
  • होमपेज
  • स्काउट समयसापेक्ष हुन जरुरी : खेलकुदमन्त्री श्रेष्ठ

स्काउट समयसापेक्ष हुन जरुरी : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधबार नेपाल स्काउटको ७३औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले २१औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको बताए ।

स्काउट समयसापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिन नहुने उनको भनाइ छ । मन्त्री श्रेष्ठले केका लागि स्थापना भएको हो भन्नेकुरा नबिर्सिकन स्काउटले समयसापेक्ष रूपमा अघि बढ्न आवश्यक रहेको बताए ।

“स्काउट समयसापेक्ष पनि हुनुपर्छ । स्काउटले २१औँ शताब्दीसापेक्ष हुने, तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो,” मन्त्री श्रेष्ठले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका