जोडिनुहोस
  • होमपेज
  • मेलम्ची खानेपानीलाई एडीबीले दुई अर्ब अनुदान दिने

मेलम्ची खानेपानीलाई एडीबीले दुई अर्ब अनुदान दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै विसं. २०७८ सालको बाढी र पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएको थियो ।

क्षति भएको हेडबक्स निर्माणका लागि एडीबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) भन्दा बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

बाढीसँगै बगेर आएको गेग्रान र ढुंगाले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झन्डै एक हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडीबीले दुई अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

दुई वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आए पनि मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएपछि आयोजनाले हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झन्डै साढे तीन अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका