
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–४ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँमा १६ वर्षीया विपना महतो रहेकी छन् ।
मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।