जोडिनुहोस
  • होमपेज
  • युवा पुस्तामा निराशा मात्रै छाएको छ : सांसद केसी

युवा पुस्तामा निराशा मात्रै छाएको छ : सांसद केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले सदनमा आएका सांसद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको बताए । उनले तर अहिलेका युवा विद्यार्थीहरू राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए । उनले युवाहरूले विदेश भन्दा जानुको पछाडि अरू नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेतृत्व हुन आवश्यक रहेको बताए ।

सांसद केसीले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरूले देश छाडेर गइरहेको बताए । सांसद केसीले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका