जोडिनुहोस
  • होमपेज
  • पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन

प्योङयाङ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीच प्योङयाङमा दुई घण्टा लामो वार्ता भएको छ ।

भ्लादिमिर पुटिन बुधवार उत्तर कोरिया उत्रिँदा उनको भब्य स्वागत भएको थियो । स्वागत समारोहपछि बाद राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच एक्ला एक्लै दुई घण्टा लामो वार्ता भएको छ ।

रुसी समाचर एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यी दुई नेताहरूबीच करिब दुई घण्टा लामो वार्ता भएको हो । किम जोङ्ग उनले वार्तापछि यूक्रेनमा रूसको अक्रमणको समर्थन गरेका छन् । रूसी एजेन्सी इन्टरफ्याक्सको एक रिपोर्ट अनुसार उनले उत्तर कोरियाको उद्धेश्य रुससँग रणनीतिक सहयोगलाई अझै बलियो बनाउनु रहेको बताएका छन् ।

पुटिनले दुवै देशबीच दशकौँ पुरानो मित्रताको जिकिर गरेका छन् । २४ वर्षपछि रूसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । उनी सन् २००० मा पहिलो पटक राष्ट्रपति हुँदा उत्तर कोरिया पुगेका थिए । रूसी मीडिया आरआईएको रिपोर्ट अनुसार दुवै नेताहरूले व्यापक रणनीतिक साझेदारी र सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुटिनका सल्लाहकार युरी उशाकोभोले मंगलबार यसबारेमा सञ्चारमाध्यमलाई बताएका छन् । तर अहिलेसम्म दुवै पक्षले सम्झौतामा उल्लिखित कुराको विस्तृत विवरण खुलाएका छैनन् ।

धेरै टिप्पणी गरिएका