जोडिनुहोस
  • होमपेज
  • पर्वतमा निर्माणाधीन पुल बाढीले बगायो

पर्वतमा निर्माणाधीन पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । फलेवास नगरपालिका–६, देवीस्थान र फलेवास–१०, कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो ।

दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ ।  उक्त पुलको स्ल्याब शुक्रबार (भोलि) ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अरू टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापामगरले जानकारी दिए । बाढीबाट डेढ करोड रुपैयाँबराबरको क्षति भएको छ ।

यो पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ०७४ असार २८ गते सम्झौता भई ०७५ पुस १९ गतेदेखि बनाउन थालिएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापरबाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका