जोडिनुहोस
  • होमपेज
  • ओलीज्यू हिम्मत भए समिति बनाएर गिरीबन्धुको फाइल खोल्नुस् : विश्वप्रकाश

ओलीज्यू हिम्मत भए समिति बनाएर गिरीबन्धुको फाइल खोल्नुस् : विश्वप्रकाश

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए।

उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताए। उनले भने, ‘म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो। मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रुपले बढी श्रद्धा गर्दछु। ०५२ सालमा एमालेकै सरकार हुने, भूमि सुधार मन्त्री एमालेको हुने, २०६० सालको सरकार सूर्यबहादुर थापा हुने, भूमि सुधार मन्त्री काँग्रेसको नहुने, ०७८ सालमा केपी ओलीकै टोटल सेट हुने, अनि गिरबन्धुमा निर्णय गर्दै गर्दा यही तीन वटा सरकारको पालामा हुने। काँग्रेस नै नभएको दोष काँग्रेसमाथि लगाउने, हामी चुप लागेर सुन्नुपर्ने? आज म केपी ओलीजीलाई आग्रह गर्दै के भन्न चाहन्छु भने गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति।’

महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र काँग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए।

धेरै टिप्पणी गरिएका