जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन

प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌ सुचारू हुन नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि पर्याप्त छलफल हुन नसकेको बताएका छन्‌ ।

प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा कांग्रेस सांसद्‌ तेजुलाल चौधरीले राखेका प्रश्नको जवाफ दिँदै दाहालले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माण प्रकृयाको परम्परागत अभ्यासमा परिवर्तन गर्न आफूले पहिल्यै घोषणा गरेको, तर संसद्को कारबाही नियमित सुचारू हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रकृयामा अपेक्षा गरेअनुसारको रुपान्तरण गर्न नसकिएको जवाफ दिएका हुन्‌ ।

सांसद्‌ चौधरीले प्रतिनिधि सभामा सबै २५० सांसद्‌को भूमिका र अधिकार समान छ, तर नेपाल सरकारले र नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याउँदा संघीयता र गणतन्त्र कमजोर पार्छ कि पार्दैन ? निर्वाचन क्षेत्रपिच्छे किन यस्तो विभेद ? भनी प्रश्न गरेका थिए । दाहालले सबै पक्षसँग छलफल गरी बजेटमा तालमेल मिलाउने प्रयास गरिएको दाबी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका