जोडिनुहोस
  • होमपेज
  • बजेटको सीमा र मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : मन्त्री भण्डारी

बजेटको सीमा र मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन् । बिहीबार विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्न जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उद्योगमन्त्री भण्डारीले मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको बताए । उनले निरन्तर रूपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको उल्लेख गरे ।

उद्योगमन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताए । उनले सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको बताए ।

उद्योगमन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वाभाविक रूपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिने बताए । उनले भने,‘ मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको छ । निरन्तर रूपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको छ ।’

उद्योगमन्त्री भण्डारीले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्लेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका