जोडिनुहोस
  • होमपेज
  • क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले क्रसर व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी बिहीबार माइतीघर मण्डलामा पुगेका छन् ।

क्रसर उद्योग नवीकरणको माग राखेर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्थल माइतीघर मण्डलामा पुगेर प्रमुख सचेतक चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनलाई महत्त्वपूर्ण आन्दोलनका रूपमा लिएको र आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको जानकारी गराए । उनले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए ।

“यो आन्दोलनलाई धेरै महत्त्वपूर्ण आन्दोलनका रूपमा लिएको छु । हाम्रो पार्टीले यसरी लिएको छ । त्यसैले हाम्रो सहभागिता रहेको छ । राजस्वको दायरा कसरी बढाउनेभन्दा पनि आफ्नो कुर्सी जोगाउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरु अलपत्र भएका छन् । यसलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ,” उनले भने ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरूको नवीकरण गर्ने कार्यलाई बेवास्था गरेको भन्दै असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका