जोडिनुहोस
  • होमपेज
  • गण्डकी सरकारको बजेटबाट ५० करोड हरायो, संसद् स्थगित

गण्डकी सरकारको बजेटबाट ५० करोड हरायो, संसद् स्थगित

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेको छ । सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक रोेकेको हो । एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटको हिसाब नमिल्दासम्म संसद् अघि बढ्न नसक्ने बताए । बजेटको पूरा आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब नमिलेको हो । ४९ करोड ९ लाख ७५ हजारको हिसाब नमिलेको देखिन्छ । सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटको स्रोत नेपाल सरकार र आन्तरिक आम्दानी हो । सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख पाउने अनुमान छ । यस्तै, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानमा ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख पाउने अनुमान छ । प्रदेशको आन्तरिक श्रोतबाट ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान छ भने चालू वर्षमा खर्च नभएको २ अर्ब ९४ करोड तथा बाँकी १ अर्ब ७० करोड आन्तरिक ऋण लिने प्रस्ताव छ । यो सबै शीर्षक जोड्दा ३२ अर्ब ४८ करोड ७६ लाख मात्रै हुन्छ । विपक्षी दल एमालेले बिग्रिएको हिसाब खोजेका छन् । ‘यो हिसाब कसरी मिल्छ रु सरकारको प्रष्टीकरण के हो रु,’ दलका उपनेता लीलाबहादुर थापाले भने, ‘संसद् चल्नुअघि हिसाब मिल्नुपर्छ ।’ अघिल्लो वर्ष पनि उनले बजेटको हिसाब नमिलेकोमा प्रश्न गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका