जोडिनुहोस
  • होमपेज
  • यी पाँच प्रदेशमा फैलियो मनसुन

यी पाँच प्रदेशमा फैलियो मनसुन

यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ । मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने विभागको भनाइ छ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका