जोडिनुहोस
  • होमपेज
  • सांसदलाई श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

सांसदलाई श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरूलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विकासका कुराहरूमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए । उनले विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने जिकिर गरे ।

सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको तर्क गरे । सामाजिक सुरक्षा कोषका बारेमा प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । सरकारले आफ्नै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए ।

“कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्,” उनले भने ।

उनले संसद् सचिवालयका कर्मचारीहरू आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरूका माग सम्बोधन हुनुपर्ने बताए । आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको स्पष्ट पारे ।

धेरै टिप्पणी गरिएका