जोडिनुहोस
  • होमपेज
  • बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

काठमाडौं– अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए । यस अघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

यो जितपछि सुपर आठको समुह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका