जोडिनुहोस
  • होमपेज
  • सर्वदलीय बैठक नबस्दा बागमती प्रदेशसभा बैठक प्रभावित

सर्वदलीय बैठक नबस्दा बागमती प्रदेशसभा बैठक प्रभावित

हेटौँडा । बजेटका त्रुटि सच्याउन बोलाइएको बागमती प्रदेशको सर्वदलीय बैठक बस्न नसक्दा प्रदेशसभा बैठक नै प्रभावित बनेको छ । शुक्रबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठक सरकार पक्षको आन्तरिक असमझदारीले बस्न नसकेको बताइएको छ । सर्वदलीय बैठक बस्न नसकेपछि ११ बजेलाई बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चित भएको छ ।

प्रतिपक्षले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको थियो । बजेटमा रहेको त्रुटि सच्याउन अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई दिएको निर्देशन कर्मचारीले पालना नगर्दा दुवै बैठक प्रभावित भएको बुझिएको छ ।

‘बजेटको असन्तुलन, नीति तथा कार्यक्रम र बजेटमाथिको त्रुटि सच्याउने भनिएको थियो । सोहीअनुसार अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए’, स्रोतले भन्यो, ‘तर अर्थमन्त्रीको निर्देशन कर्मचारीले मानेनन् ।’ कर्मचारीको यस्तो जवाफपछि अर्थमन्त्री थपलियाले त्यसो भए बजेट नै पुनर्लेखन गर्न निर्देशन दिएका थिए । तर कर्मचारीले मन्त्री थपलियाको यो निर्देशन पनि सुनेको नसुन्यै गरेपछि समस्या भएको बताइएको हो ।

धेरै टिप्पणी गरिएका