जोडिनुहोस
  • होमपेज
  • त्रिविको जग्गा र सम्पत्ति खोज्ने समितिले थाल्यो काम

त्रिविको जग्गा र सम्पत्ति खोज्ने समितिले थाल्यो काम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा सम्पत्ति खोजबिन समितिले काम थालेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याएर काम थालेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए ।

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भए समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी छन् । समितिलाई तीन महिनाको समय दिइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका