जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियालाई पुटिनको चेतावनी– युक्रेनलाई हतियार पठाए ‘ठूलो भुल’ हुनेछ

दक्षिण कोरियालाई पुटिनको चेतावनी– युक्रेनलाई हतियार पठाए ‘ठूलो भुल’ हुनेछ

हनोइ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पक्षमा हतियार पठाए दक्षिण कोरियाको ‘ठूलो भुल’ हुने चेतावनी दिएका छन् । सिउलले उत्तर कोरिया र रुसबीच हालै भएको सुरक्षासम्बन्धी सम्झौतालाई लिएर प्रतिक्रिया जनाइरहेका बेलामा पुटिनले सो चेतावनी दिएका हुन् ।

पुटिनको गत बुधबार सम्पन्न दुईदिने उत्तर कोरिया भ्रमणको क्रममा दुई देशबीच एकअर्का देशमा हुन सक्ने आक्रमणमा दुवै देशले एकअर्कालाई सघाउने सहमति भएको थियो । सो सहमतिलाई लिएर दक्षिण कोरियाले आलोचना गरेको थियो । पत्रकारसँग हनोइमा कुराकानी गर्ने क्रममा पुटिनले सो चेतावनी दिएका हुन् ।

पुटिनले दक्षिण कोरियाले युक्रेनलाई हतियार पठाएमा आफूले गर्ने निर्णय दक्षिण कोरियाका लागि प्रिय नहुन सक्ने चेतावनी दिएका छन् । पुटिन अहिले भियतनाम भ्रमणमा छन् । पुटिनको भनाइका बारेमा दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले प्रतिक्रिया दिँदै युक्रेनलाई हतियार दिने बारेमा आफूले विभिन्न विकल्प हेर्ने जनाएको छ । यो प्रकरणमा रुसको कस्तो कदम हुन्छ, त्यसअनुसार नै आफ्नो कदम हुने पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका