जोडिनुहोस
  • होमपेज
  • दूधकोशी आयोजनामा टीबीएम मेशिनको प्रयोग हुने, सुरुङको चट्टान र माटो खन्ने काम घट्ने

दूधकोशी आयोजनामा टीबीएम मेशिनको प्रयोग हुने, सुरुङको चट्टान र माटो खन्ने काम घट्ने

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने काममा टीबीएम मेशिनको प्रयोग हुने भएको छ । सुनकोशी–मरिणको स्थलगत अवलोकन, विस्तृत अध्ययन तथा अन्तरक्रियापछि १३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण कार्य अब टनेल बोरिङ मेशिन अर्थात् टीबीएम प्रविधिबाट हुने भएको हो । आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएले टीबीएम बाट मुख्य सुरुङ खन्ने काम सम्भव भएको र त्यसैअनुसार काम गर्न सिफारिस गरेको छ । परम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएमबाट सुरुङको निर्माण गर्दा चार किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, आठ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, मुख्य र अडिट सुरुङ खन्न झन्डै तीन हजार छ सय टन विष्फोटक पदार्थ नचाहिने भएको छ । यसबाट सुरुङको चट्टान र माटो खन्ने काम घट्ने र आठ किलोमिटर सडक बनाउनु नपर्ने गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ । यसअघि भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन आयोजनाको मुख्य सुरुङको निर्माण कार्य टीबीएम प्रविधिबाट सम्पन्न भएको थियो । जलविद्युत् आयोजनामा दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना हुनेछ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा यो आयोजना बन्दैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका