जोडिनुहोस
  • होमपेज
  • पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ– लमजुङको डुम्रे–बेँसीसहर सडकखण्ड पुन अवरुद्ध भएको छ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले सडक खोल्न समय लाग्ने बताए ।

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौं, गण्डकी प्रदेशको राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थानमा जाने–आउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्रु अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका