जोडिनुहोस
  • होमपेज
  • कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो ।

मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक गोल गरेका थिए । उनले खेलको ६९औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बनेको थियो । खेलको ५०औँ मिनेटमा माइकल एन्टोनियोले गोल गरे पनि भीएआरले मान्यता नदिँदा जमैका पराजित हुन पुगेको थियो ।

यो जितसँगै पहिलो खेलबाट मेक्सिको तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । समान अंक भएको भेनेजुएला गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । पराजित भएको जमैका अंकविहीन छ ।

धेरै टिप्पणी गरिएका