जोडिनुहोस
  • होमपेज
  • रविलाई विश्वप्रकाशको प्रश्न- जिबीको लोकेशन पत्ता लाग्यो भन्नु केटाकेटीपन कि भगाउने नियत?

रविलाई विश्वप्रकाशको प्रश्न- जिबीको लोकेशन पत्ता लाग्यो भन्नु केटाकेटीपन कि भगाउने नियत?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका गोरखा मिडियाका सञ्चालक जिबी राईको लोकेशन पत्ता लागेकोबारे केही दिनअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति बारे प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले गृहमन्त्री भएर संवेदनशील विषयमा पनि गोपनीयता नराखेको भन्दै प्रश्न गरेका हुन्।

‘एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ।सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन् ।तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ,’ उनले भने।

गृहमन्त्रीले जिबी राईको लोकेशन पत्ता लागेको भन्नुका पछाडि समेत अन्य केही विषय हुनसक्ने सांसद शर्माले आशंका व्यक्त गरे। ‘सहकारी ठगीमा फरार भएको व्यवासायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरमा भएका गृहमन्त्री ज्युले गिरफ्तार गर्नुछ।त्यसैले लोकेशन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ?,’ शर्माले प्रश्न गरे,’ अभियुक्त पक्रने नयाँ शैली हो? केटाकेटी पन हो कि भगाउने नियत हो?,’ उनले भने।

कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशलाई जिबीको लोकेशन चाहिएको होइन जिबी राई नै चाहिएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका