जोडिनुहोस
  • होमपेज
  • तितुङ हत्याका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहत दिन सांसद बर्ताैलाको माग

तितुङ हत्याका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहत दिन सांसद बर्ताैलाको माग

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाको परिवारलाई राहत दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे ।

यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र केही साथीहरू सहित गएका तितुङको गोली हानी हत्या भएको उनले बताए । पर्सा वन्यजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी, खटिएका नेपाली सेनाले तितुङलगायतलाई आक्रमण गरेको उनको आरोप छ ।

उनले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “दोषी सुरक्षाकर्मीलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

धेरै टिप्पणी गरिएका