जोडिनुहोस
  • होमपेज
  • आज–भोलि नै कर्मचारीको माग सम्बोधन गर्छौँ : कानुनमन्त्री गिरी

आज–भोलि नै कर्मचारीको माग सम्बोधन गर्छौँ : कानुनमन्त्री गिरी

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो ।

संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले आज भोलिमै यथोचित मागहरू वार्ताबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यू, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसद्का कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरूको मागलाई सम्बोधन गरेर संसद्लाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्ने गरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम सुरु गर्दछ । आज भोलिमै यो विषय टुङ्ग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका