जोडिनुहोस
  • होमपेज
  • छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अध्यक्ष दाहालले रुलिङ गरेका हुन् ।

उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भए पनि चासो नदेखाएको बताए । अध्यक्ष दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

“आकस्मिक समय, शून्य समयलगायत जुन समयमा माननीय सदस्यहरूले विषय उठाउनु हुन्छ, ती विषयहरु सधैँजसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौँ । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,” अध्यक्ष दाहालले भने । आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका