जोडिनुहोस
  • होमपेज
  • गर्मीले साउदीमा हजारभन्दा बढी हज यात्रीको मृत्यु

गर्मीले साउदीमा हजारभन्दा बढी हज यात्रीको मृत्यु

रियाद । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ । ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री छन् ।

साउदी प्रशासनका अनुसार अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी हो । बीबीसीको रिपोर्टअनुसार हालसम्म इजिप्टका ६५८, इन्डोनेसियाका २०० र भारतबाट ९८ जनाको ज्यान गएको छ ।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सुडान र इराकबाट गएका हज यात्रीको पनि मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार हज यात्राका क्रममा कयौँ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका