जोडिनुहोस
  • होमपेज
  • स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने छन् । वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरुले माग गर्दै आाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका