जोडिनुहोस
  • होमपेज
  • सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ ।

गत १ असोजमा प्रकाशित डीएसपीहरुको कमाण्ड पूर्वानुमान सूचीको आधार उनीहरुको सरुवा गरिएको सशस्त्रले जनाएको छ । २ वर्ष अवधि पूरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका एसपीहरुको एकैपटक सरुवा गरिएको हो ।

सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य डीएपीहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सूची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका